लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले माग्यो करारमा स्वास्थ्यकर्मी

नेपाल स्वास्थ्य,लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले करारमा स्वास्थ्यकर्मीको लागि आवेदन खुलाएको छ । प्रकाशित भएको सूचना अनुसार प्रदेश अन्तर्गत रहेका कार्यालयहरुको लागि मन्त्रालयले विज्ञापन आह्वान गरेको हो ।पूरा विवरण हेर्नुहोस् । प्रकाशित मितिः २०८० बैशाख १३, बिहान ९ः०३ बजे

डोटीमा भिरबाट लडेर गर्भवतीको मृत्यु

नेपाल स्वास्थ्य,डोटी जिल्लाको जोरायल गाउँपालिका १ कि एक गर्भवतीको भिरबाट लडेर मृत्यु भएको छ । जङ्गलमा स्याउला संकलन गर्ने क्रममा २१ वर्षीया अनिता मल्लको भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । उनी मंगलबार बिहान घरबाट करिब २ किलोमिटर टाढाको जङ्गलमा स्याउला लिन गएकी थिइन । प्रकाशित मितिः २०८० बैशाख १३, बिहान ८ः५३ बजे

सात दिन अनिवार्य आइसोलेशनमा बस्न मन्त्रालयको आग्रह

नेपाल स्वास्थ्य, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमण देखिएमा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेको छ ।मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले कोरोना भाइरस सङ्क्रमणको कारणले ज्वरो र सास फेर्न कठिनाइ भएको अवस्थामा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेका छन् । उनका अनुसार कुनै पनि लक्षण नरहेको, पाँच दिनसम्म आइसोलेशनमा बसेको वा पाँच दिनभन्दा […]

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

नेपाल स्वास्थ्य,सरकारले पाँच वर्ष मुनिका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदैछ । बालबालिकाहरूलाई वैशाख ६ र ७ गते अर्थात् आज र भोलि भिटामिन ए र जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आफ्ना बालबालिकालाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ […]

महालेखाको प्रतिवेदन भन्छ- ‘खोप कार्यक्रम मितव्ययी र कुशलरूपमा सञ्चालन भएन’

नेपाल स्वास्थ्य,महालेखापरीक्षकको ६० औँ वार्षिक प्रतिवेदनमा खोप कार्यक्रम मितव्ययी र कुशलरूपमा सञ्चालन नभएको उल्लेख गरिएको छ । दातृ निकायबाट अनुदानमा प्राप्त तथा विभागबाट खरीद गरी नेपाल सरकारले निःशुल्क रूपमा विभिन्न खोप लगाउँदैं आएको छ। खोप कार्यक्रम मितव्ययी र कुशलरूपमा सञ्चालन नभएकोले प्राप्त भएको खोपमध्ये रोटातर्फ न्यूनतम ७.६ प्रतिशत र बी.सी.जी. खोप ७९.३ प्रतिशतसम्म खेर गएको […]

दरबन्दी बमोजिम विशेषज्ञ चिकित्सक खटाउन नसक्दा सेवा प्रवाहमा असर

नेपाल स्वास्थ्य,दरबन्दी बमोजिम विशेषज्ञ चिकित्सक खटाउन नसक्दा सेवा प्रवाहमा असर परेको देखिएको छ । महालेखापरीक्षकको ६० औं वार्षिक प्रतिवेदनमा माग अनुसार चिकित्सक उपलब्ध हुन नसकेको र खटाएको अस्पतालमा जान नचाहने प्रवृति देखिएकाले विशेषज्ञ चिकित्सकको अभाव हुन गई अस्पतालको सेवा प्रवाहमा असर पुगेको उल्लेख गरिएको छ । चिकित्साशास्त्र छात्रवृत्ति छनौट परिचालन कार्यविधि, २०७२ को बुँदा १५ […]

प्रकाशकीय- सुखद् रहोस् नयाँ दशक

नेपाल स्वास्थ्य,नयाँ दशक ८० आजदेखि प्रारम्भ भएको छ । आजको यस दशकको पहिलो वर्ष २०८० बैशाख १ गतेको अवसर हामी हाम्रा सबै पाठक, बिज्ञापनदाता लगायत सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाई तथा दिदीबहिनीमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहान्छौ । हरेक नेपालीको चाहना स्वस्थ्य रहि सुखद् जीवनयापन गर्नु नै रहेको छ । यो दशक सबै नेपालीको यस […]

स्वास्थ्य मन्त्रालय परिसरमा ‘कृत्रिम फोक्सो’

नेपाल स्वास्थ्य, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय परिसरमा ‘कृत्रिम फोक्सो’ जडान गरिएको छ । विश्व स्वास्थ्य दिवसको अवसर पारेर स्वास्थ्य मन्त्रालयले अमेरिकी सहयोग नियोग (यूएसएआईडी) को स्वच्छ हावा परियोजनासँगको सहकार्यमा कृत्रिम फोक्सो जडान गरिएको हो । वायु प्रदूषणको अवस्था तथा हावाको स्वच्छता परीक्षण गर्नका लागि कृत्रिम फोक्सो जडान गरिएको छ । वायु प्रदूषण र यसले स्वास्थ्यमा […]

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको सचिवमा डा. गिरी नियुक्त

नेपाल स्वास्थ्य, लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा. विनोदकुमार गिरी नियुक्त भएका छन् । सोमबार बसेको लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले एघारौँ तहका डा. गिरीलाई स्वास्थ्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । यसभन्दा अघि सचिव रहेका डा. विकास देवकोटाको बढुवा भएसँगै उक्त पद खाली थियो । प्रकाशित मिति: २०७९ चैत्र २१, बिहान ६:४९ बजे

नेपालमा पनि ओमिक्रोनको नयाँ भेरिएन्ट ‘एक्सबीबी १.१६’ पुष्टि

नेपाल स्वास्थ्य, नेपालमा पनि ओमिक्रोनको नयाँ भेरिएन्ट ‘एक्सबीबी १.१६’ पुष्टि भएको छ । छिमेकी देश भारतमा फैलिएको नयाँ भेरियन्ट नेपालमा पनि पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिर अधिकारीले जानकारी दिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा देशभरबाट रेन्डम स्याम्पलिङ विधिबाट चैत महिनामा संकलित २४ वटा पीसीआर र एन्टीजेन पोजेटिभकाे नमूनामा परीक्षण गरिएकाे थियाे । […]