नेपाल स्वास्थ्य,
नयाँ दशक ८० आजदेखि प्रारम्भ भएको छ । आजको यस दशकको पहिलो वर्ष २०८० बैशाख १ गतेको अवसर हामी हाम्रा सबै पाठक, बिज्ञापनदाता लगायत सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाई तथा दिदीबहिनीमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहान्छौ ।
हरेक नेपालीको चाहना स्वस्थ्य रहि सुखद् जीवनयापन गर्नु नै रहेको छ । यो दशक सबै नेपालीको यस इच्छाले मूर्तरुप पाउने हामीले विश्वास लिएका छौं । हामी नेपालको स्वास्थ्य सम्बन्धी हरेक कुरालाई जनताको हित अनुकुल हुनेगरी प्रस्तुत गर्ने छौं ।
समाचारमात्रै हाम्रो प्राथमिकता होइन । हामी हाम्रो पृथ्वी, वातावरण, जिवजन्तु तथा जनस्वास्थ्यका हरेक विषयवस्तुको सहि र सत्य तवरले जानकारी प्रस्तुत गर्दै तपाईंसामु प्रकट हुने प्रतिज्ञा गर्दछौं ।
प्रकाशक – अनुदीप पब्लिकेशन प्रा.लि./नेपाल स्वास्थ्य डटकम
प्रकाशित मिति: २०८० बैशाख १ गते,बिहान ९:३९ बजे

