दरबन्दी बमोजिम विशेषज्ञ चिकित्सक खटाउन नसक्दा सेवा प्रवाहमा असर

स्वास्थ्य समाचार हेडलाइन्स


नेपाल स्वास्थ्य,
दरबन्दी बमोजिम विशेषज्ञ चिकित्सक खटाउन नसक्दा सेवा प्रवाहमा असर परेको देखिएको छ । महालेखापरीक्षकको ६० औं वार्षिक प्रतिवेदनमा माग अनुसार चिकित्सक उपलब्ध हुन नसकेको र खटाएको अस्पतालमा जान नचाहने प्रवृति देखिएकाले विशेषज्ञ चिकित्सकको अभाव हुन गई अस्पतालको सेवा प्रवाहमा असर पुगेको उल्लेख गरिएको छ ।

चिकित्साशास्त्र छात्रवृत्ति छनौट परिचालन कार्यविधि, २०७२ को बुँदा १५ मा विशेषज्ञ परिचालन गर्न सकिने व्यवस्था छ। विशेषज्ञ परिचालन सम्बन्धी प्राप्त विवरण अनुसार एम.डी. एम.एस.र एम.डी.एस.तहमा सफल भएका १५५ मध्ये १२१ जनालाई विभिन्न अस्पतालमा खटाई ३४ जना खटाउन बाँकी रहेको देखिन्छ।

चिकित्सक माग सम्बन्धी अस्पतालको पत्रानुसार डडेलधुरा
अस्पतालमा १६, गोरखा अस्पतालमा ३, बझाङ्ग जिल्ला अस्पतालमा ६ चिकित्सकको दरबन्दी रिक्त रहेको छ ।


प्रकाशित मितिः २०८० बैशाख २, दिउँसो २ः३९ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *