महालेखाको प्रतिवेदन भन्छ- ‘खोप कार्यक्रम मितव्ययी र कुशलरूपमा सञ्चालन भएन’

स्वास्थ्य समाचार


नेपाल स्वास्थ्य,
महालेखापरीक्षकको ६० औँ वार्षिक प्रतिवेदनमा खोप कार्यक्रम मितव्ययी र कुशलरूपमा सञ्चालन नभएको उल्लेख गरिएको छ । दातृ निकायबाट अनुदानमा प्राप्त तथा विभागबाट खरीद गरी नेपाल सरकारले निःशुल्क रूपमा विभिन्न खोप लगाउँदैं आएको छ।

खोप कार्यक्रम मितव्ययी र कुशलरूपमा सञ्चालन नभएकोले प्राप्त भएको खोपमध्ये रोटातर्फ न्यूनतम ७.६ प्रतिशत र बी.सी.जी. खोप ७९.३ प्रतिशतसम्म खेर गएको देखिएको छ ।

खोप लिने तालीका बनाई व्यवस्थापन गर्नुपर्ने व्यहोरा विगत वर्षदेखि औल्याउँदै आएपनि सुधार नभएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।


प्रकाशित मितिः २०८० बैशाख २, दिउँसो ३ः२१ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *