सापू रोगबाट बच्न चिकित्सकको आग्रह

नारायणगढ । पछिल्लो केही दिनयता चितवन तथा यस आसपासका क्षेत्रमा सेतो पुतलीबाट सर्ने ‘सिजनल हाइपर एक्युट प्यानयुभाइटिस’ (सापू) रोगका बिरामी देखा पर्न थालेका छन् ।  भरतपुर आँखा अस्पतालमा विगत १५ दिनमा छ जना सापूका बिरामी जटिल अवस्थामा आएको अस्पतालका आँखारोग विशेषज्ञ डा कुमुदिनी सुवेदीले बताइन् । केही समयअघि महामारीको रुपमा फैलिएको आँखा पाक्ने रोगसँग झुक्किएर […]

१०३ प्रतिजैविक औषधि प्रयोग नगर्न विभागको निर्देशन

नेपाल स्वास्थ्य डटकम सरकारले एक सय तीन प्रकारका प्रतिजैविक प्रतिरोध (एन्टीबायोटिक) औषधिको प्रयोग नगर्न उपभोक्ता र सरोकारवालालाई निर्देशन दिएको छ । औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले प्रतिजैविक प्रतिरोध औषधिको प्रयोगलाई न्यूनिकरण गर्न र रोकथाम तथा नियन्त्रण गर्नका लागि प्रयोगमा नल्याउन निर्देशन दिएको बताए । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले पनि ती औषधिको प्रयोगका लागि सिफारिस […]

मानसिक स्वास्थ्य र भोजन

डा. अरुणा उप्रेती पेटको स्वास्थ्यले मनलाई पनि प्रभाव पार्छ । मानसिक स्वास्थ्यबारे छलफल चल्दा विज्ञ, औषधि र अस्पतालका सन्दर्भहरू मात्रै आउने गर्छन् । ‘मनको स्वास्थ्य भोजन र जीवनशैलीसँग पनि जोडिएको हुन्छ’ भन्नेबारे प्रायः अन्तर्क्रिया भएको पाइँदैन । एक वर्षअघि बेलायत बसेका बेला मानसिक स्वास्थ्य, भोजन र पोषणबारे तालिम लिएपछि मात्र मलाई कसरी पेटको स्वास्थ्यले मनको […]

जलनमा पानीको महत्व

डा. किरण नकर्मी जल्ने बित्तिकै जलेको घाउमा आधा घण्टा सम्म बगिरहेको पानी खन्याएर चिस्याउनु पर्ने हुन्छ। यसो गर्दा जलन छालाको गहिरो भागसम्म गढ्न घाउ गहिरो हुन पाउँदैन। गहिरो घाउलाई छाला प्रत्यारोपण गर्नुपर्छ भने चिस्याएर घाउ गहिरो हुन दिएन भने मलहम पट्टी गरेरै बिना अपरेशन निको पार्न सकिने सम्भावना बढ्न जान्छ। हाम्रो शरीरको ६०-८०% भाग पानी […]

आँखा पाक्ने रोगबाट कसरी बच्ने?

नेपाल स्वास्थ्य डटकम,आँखा पाक्ने रोगले यतिबेला धेरैलाई सताएको छ । यो रोग लागेपछि आँखाको सेतो भागको बाहिरी तह र आँखाको ढकनीको भित्री तहमा पोलेको महशुस हुन्छ भने आँखा फुस्रो वा रातो देखिन्छ। त्यस्तै आँखामा पीडा हुनुका साथै पोलेको, चिलाएको वा केही बिझाएको महसुस हुन्छ। आँखा पाक्ने रोग लागेको आँखामा धेरै आँसु आउने र बिहान उठ्ने […]

नेपालमा बायोमेडिकल उपकरण– अभ्यास र चुनौती

– ई. रक्षा महत प्रविधिको विविधायुक्त प्रयोग नेपालको स्वास्थ्य क्षेत्रमा अंगिकार गर्न थालिएको केही दशक भएको छ । यो केही दशकको समयावधीमा आम नेपाली समुदायले यसको प्रत्यक्ष लाभ उठाइरहेका छौं । सन् १९०१ मा कार्ल रिट्रले बिरामीको रक्तचाप मापनका लागी आविस्कार गरेको स्पाइग्नोम्यानोमिटर स्वास्थ्य क्षेत्रको लागी कोशेढुंङ्गा हो । यसपछि क्रमशः आविस्कार हुदैं गएका तमाम […]

नर्सिङ पढेकालाई बेलायतमा काम गर्न जाने अवसर

नेपाल स्वास्थ्य डटकम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘पाइलट प्रोग्राम’ का रूपमा पहिलो चरणमा १०० जना नर्सलाई रोजगारीका लागि बेलायत पठाउन आवेदन खुलाएको हो। नेपाल सरकार र बेलायत सरकारबीच द्विपक्षीय श्रम सम्झौता कार्यान्वयन सम्बन्धी कार्ययोजना मन्त्रिपरिषद्‌बाट स्वीकृत भएसँगै श्रम मन्त्रालयले पहिलो चरणमा १०० जना नर्सिङ स्टाफ बेलायत पठाउन लागेको हो। बेलायत जान इच्छुक नर्सले […]

गरिब, विपन्नलाई उपचारका लागि यी अस्पतालमा पाइन्छ नि:शुल्क बेड

नेपाल स्वास्थ्य डटकम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरिब, विपन्न, बेवारिसे तथा असहायहरूको उपचारका लागि १० प्रतिशत बेड नि:शुल्क गर्न परिपत्र गरेको छ। मन्त्रालयले स्थानीय, प्रादेशिक र संघीय स्तरका सामुदायिक तथा निजी अस्पतालहरूलाई १० प्रतिशत बेड नि:शुल्क गर्न परिपत्र गरेको हो।  केही अस्पतालहरूले गरिब, विपन्न लगायतलाई नि:शुल्क बेड दिन थालिसकेको समेत मन्त्रालयले जनाएको छ।  प्रकाशित मिति:२०८० […]

‘लामुखट्टेको बासस्थान खोज र नष्ट गर’ अभियान सञ्चालन गरिने

काठमाडौँ – उपत्यकाका स्थानीय तहले ‘लामुखट्टेको बासस्थान खोज र नष्ट गर’ अभियान सञ्चालन गर्ने भएका छन्। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले डेङ्गुको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि स्थानीय तहका प्रमुख र उपप्रमुख तथा स्वास्थ्य विभागका प्रमुखसँग गरेको छलफलमा चार महिनासम्म उक्त अभियान सञ्चालन गरिने महाशाखाका किटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा गोकर्ण दाहालले जानकारी […]

पाठेघरको मुखको क्यान्सरविरुद्धको २० हजार मात्रा खोप ल्याइयो

नेपाल स्वास्थ्य डटकम,सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप चीनबाट नेपाल ल्याएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनबाट खरिद गरेर २० हजार मात्रा खोप ल्याएको हो । यो खोप १० देखि १४ वर्ष उमेरसमूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सर लाग्नबाट जोगाउन लागि दिइने गरिन्छ । परिवार कल्याण महाशाखा ,बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.अभियान गौतमले […]