डेंगीबाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह

नेपाल स्वास्थ्य डटकम,गर्मीयामसँगै पानी पर्न थालेकाले डेंगीको संक्रमणबाट जोगिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । पानी परेसँगै लामखुट्टेका लार्भाको संख्या बढ्ने भएकाले मन्त्रालयले डेंगी संक्रमणबाट जोगिन आग्रह गरेको हो । मन्त्रालयले सूचना मार्फत डेंगुको संक्रमणबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नुपर्ने भन्दै सधैँ झूल टाँगेर मात्र सुत्न, लामो बाहुला भएका लुगा लगाउन, घरको झ्याल […]

रजस्वला के हो? रजस्वला चक्र प्रक्रिया कसरी हुन्छ?

नेपाल स्वास्थ्य डटकम महिलाको योनीबाट हरेक महिना हुने रक्तस्रावलाई रजस्वला भनिन्छ । यस बेलामा हुने रक्तस्राव पाठेघरबाट आएको हुन्छ । रजस्वला हुनु भनेको स्त्रीजातीको मानवीय जीवनको एउटा प्रक्रिया हो र यो प्रक्रिया हरेक स्वस्थ महिलामा यौवन अवस्थाबाट शुरु हुन्छ र बृद्ध अवस्थामा गएर स्वत: रोकिन्छ । सामान्यतया: १० देखि १४ वर्षको उमेरमा रजस्वला हुने क्रम […]

यी हुन् सरकारको नीति तथा कार्यक्रममा समावेश गरिएका स्वास्थ्यका विषय

नेपाल स्वास्थ्य डटकम,संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सबै नागरिकको पहुँचमा गुणस्तरीय स्वास्थ्य पुर्‍याउने र असहाय र वृद्धलाई घरदैलौमै स्वास्थ्य सेवा पुर्‍याउने सरकारले योजना रहेको बताउनु भएको छ। त्यसैगरी आधारभूत अस्पतालमा एक एमडिजिपी, एक महिला तथा प्रसुती रोग विशेषज्ञ, कम्तिमा तीनजना मेडिकल अधिकृत र आवश्यक नर्स, प्राविधिक जनशक्ति र […]

टाइफाइडबाट बच्न सरसफाइमा ध्यान दिन मन्त्रालयको आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले टाइफाइड रोगबाट बच्नका लागि सरसफाइमा ध्यान दिन आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले फोहर गर्दा टाइफाइड लाग्ने भएकाले सरसफाइमा ध्यान दिन सबैलाई आग्रह गरिएको बताए । “ढल वा सङ्क्रमित व्यक्तिको दिसामा पाइने टाइफाइड रोगको जीवाणु स्वस्थ व्यक्तिमा दूषित खाना वा पानीको माध्यमबाट सर्दछ”, उनले भने “त्यसैले टाइफाइड रोगबाट […]

बैतडी जिल्ला अस्पताल देशकै उत्कृष्ट

नेपाल स्वास्थ्य डटकम,स्वास्थ्य निर्देशनालय, सुदुरपश्चिम प्रदेश र निक साइमन्स इन्सिच्युटद्वारा गरिएको न्यूनतम सेवा मापदण्डको अनुगमन मूल्यांकनमा जिल्ला अस्पताल बैतडीले ९५ प्रतिशत अंक ल्याउँदै देशभरबाट उत्कृष्ट हुन सफल भएको छ। देशभर रहेका प्राथमिक अस्पतालहरुको मुल्यांकनका आधारमा बैतडी जिल्ला अस्पताल उत्कृष्ट ठहरिएको हो । अस्पतालको गत वर्ष ८९ प्रतिशत अंक रहेको थियो । सो अंकमा ६ प्रतिशत […]

बाल यौन दुर्व्यवहारको आरोपमा राई पक्राउ

नेपाल स्वास्थ्य, आफूलाई कृषि विज्ञका रूपमा चिनाउँदै आएका खोटाङका मदन राई पक्राउ परेका छन्। ७५ वर्षीय राईलेले खोलेको फाउन्डेसनमा राखिएका बालबालिकालाई यौन दुर्व्यवहार गरेको घटना बाहिरिएसँगै उनलाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय खोटाङले उनलाई ‘शुभद्रा-मदन फाउन्डेसन’ बाटै पक्राउ गरेको हो। फाउन्डेशनमा बस्दै आएका छात्रालाई यौन दुर्व्यवहार गरेको समाचार प्रकाशन भएसँगै उनलाई पक्राउ गरिएको […]

डा.अशोक भन्छन्- ‘सबै बिरामीलाई आफ्नो परिवारको सदस्य मानी उपचार गर्नुपर्छ’ (अन्तर्वार्ता)

नेपाल स्वास्थ्य डेस्क, लुम्बिनी प्रदेशको पहाडी जिल्लामा अवस्थित अर्घाखाँची अस्पतालमा कार्यरत रहनुभएका डा. अशोक शाह बिरामी तथा त्यस क्षेत्रका आम मानिसको लागि छोटै समयमा परिचित बन्न पुगेको नाम हो । बंगलादेशबाट एमबिबिएस र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमडीजिपीको अध्ययन पूरा गर्नुभएका उहाँ यसभन्दा अघि रेजिडेन्ट डाक्टरको रुपमा गुल्मी अस्पतालमा कार्यरत हुनुहुन्थ्यो । त्यहाँ रेजिडेन्ट डाक्टरको […]

स्वास्थ्य मन्त्रालयको परिपत्र- ‘कार्यरत जनशक्तिलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराऊ’

नेपाल स्वास्थ्य,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी, निजी, सामुदायिक अस्पताल, प्रतिष्ठान तथा मेडिकल कलेजहरुलाई एक परिपत्र गर्दे कार्यरत जनशक्तिलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराउन अनुरोध गरेको छ । मन्त्रालयले स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड, २०७७ पालना गर्न सबै स्वास्थ्य सेवा प्रदायक निकायलाई निर्देशन गरेको छ । त्यसैगरी मन्त्रालयले अनुगमनका क्रममा मापदण्डअनुसार विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कूल […]

सात दिन अनिवार्य आइसोलेशनमा बस्न मन्त्रालयको आग्रह

नेपाल स्वास्थ्य, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमण देखिएमा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेको छ ।मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले कोरोना भाइरस सङ्क्रमणको कारणले ज्वरो र सास फेर्न कठिनाइ भएको अवस्थामा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेका छन् । उनका अनुसार कुनै पनि लक्षण नरहेको, पाँच दिनसम्म आइसोलेशनमा बसेको वा पाँच दिनभन्दा […]

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

नेपाल स्वास्थ्य,सरकारले पाँच वर्ष मुनिका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदैछ । बालबालिकाहरूलाई वैशाख ६ र ७ गते अर्थात् आज र भोलि भिटामिन ए र जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आफ्ना बालबालिकालाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ […]