नेपाल स्वास्थ्य डटकम,
हाल देशभरको तापक्रम बढ्दो छ । यसैको प्रभावले देशभर गर्मीको महशुस अत्याधिक मात्रामा भएको छ । गर्मीमा तातो हावा लुु बाट जोगिने उपायहरुबारे राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्रले तयार पारेका केही जानकारीमूलक जोगिने उपायहरु जान्नुहोस् ।
– दिउँसो घरबाट बाहिर ननिस्कने,
– चिसो पानीले नुहाउने,
– क्याफिनले धेरै पिसाब गराउने हुँदा चिया, कफी, सोडा जस्ता पेयपदार्थ नपिउने,
– फलफूलको रस र पानी पिउने र धेरै पसिना आएमा कहिलेकाहीँ जीवनजल पिउने,
– खेतबारीमा कामकाज सकभर बिहान वा बेलुका गर्ने,
– बाहिर निस्कनै परे पातलो कपडाले टाउको छोप्ने वा छाता ओढ्ने,
– मदिरा सेवन नगर्ने,
– चिनीको मात्रा बढी भएको झोल पदार्थ बढी नपिउने,
प्रकाशित मितिः २०८० जेठ २२ गते, बिहान १०ः५० बजे

