औषधि उत्पादन तत्काल थाल्न प्रधानमन्त्रीको निर्देशन

स्वास्थ्य समाचार हेडलाइन्स

नेपाल स्वास्थ्य, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल औषधि लिमिटेडले औषधि उत्पादनका निम्ति गरेको प्रयास महत्वपूर्ण रहेको बताउँदैं २० प्रकारका औषधि उत्पादनको काम तत्काल थाल्न निर्देशन दिएका छन् ।

नेपाल औषधि लिमिटेडका अध्यक्ष यज्ञ न्यौपानेसहितको टोलीलाई आइतबार आफ्नै कार्यकक्षमा बोलाएर प्रधानमन्त्रीले तत्काल उत्पादन थाल्न निर्देशन दिएका हुन्। औषधि लिमिटेडका अध्यक्ष न्यौपानेले हाल १० प्रकारका औषधि उत्पादन भइरहेको र तत्काल २० प्रकारका औषधि उत्पादनका लागि आवश्यक गृहकार्य जारी रहेको जानकारी दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

छलफलमा प्रधानमन्त्री प्रचण्डले विगतमा नेपाल औषधि लिमिटेडले औषधि उत्पादनका राम्रो काम गरेको र पछिल्लो समय त्यसमा गत्यावरोध देखिएको भन्दै नयाँ ढंगले काम अगाडि बढाउन निर्देशन दिएका थिए ।


प्रकाशित मितिः २०८० पौष २९ गते, साँझ ९ः२२ बजे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *