लुम्बिनी प्रदेशमा सिकलसेलका बिरामीको स्वास्थ्य बीमा सुरु

स्वास्थ्य समाचार

नेपाल स्वास्थ्य, लुम्बिनी प्रदेशमा सिकलसेलका बिरामीको स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको छ। प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले बाँकेको राप्तीसोनारी गाउँपालिका- ४ बैजापुरबाट स्वास्थ्य बीमा कार्यक्रमको सुरुवात गरेका हुन् ।

थारु समुदायमा समस्याको रुपमा रहेको सिकलसेल, थालेसेमिया र हेमोफिलिया रोगका बिरामी र उनका परिवारलाई अब एक लाखसम्मको औषधि र उपचारको व्यवस्था गरिने भएको छ। प्रदेशका बाँके, बर्दिया, दाङ, कपिलबस्तु, रुपन्देही र नवलपरासी जिल्लामा यो कार्यक्रम सुरु गरिएको हो।

प्रकाशित मितिः २०८० पौष २८ गते, बिहान ८ः३८ बजे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *