सर्ने भयो स्वास्थ्य बीमा बोर्डको केन्द्रीय कार्यालय

नेपाल स्वास्थ्य डटकमस्वास्थ्य बीमा बोर्डको केन्द्रीय कार्यालय सर्ने भएको छ। काठमाण्डौंको टेकुबाट बबरमहलमा सर्ने बोर्डले एक विज्ञप्ती निकाल्दैं जानकारी दिएको छ । जारी गरेको सूचना अनुसार कार्यालय सर्दा सेवा प्रवाहमा भने अवरोध नहुने बोर्डले जनाएको छ । यदि कुनै समस्या भए वा बुझ्नु परे टोल फ्रि नं १६६००१११२२४ मा सम्पर्क गर्न भनिएको छ । प्रकाशित […]

खानपानमा ध्यान दिन चिकित्सकको सुझाव, मासु कति खाने ?

चितवन ।  चाडपर्वमा खानपानमा विशेष ध्यान दिन चिकित्सकहरुले सुझाव दिएका छन् । दसैँ पर्वमा बढी मात्रामा मासु, मदिरा र गुलियो पदार्थको सेवन गर्दा मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने भन्दै उनीहरुले ध्यान दिन सुझाव दिएका हुन् । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका मेडिकल अङ्कोलोजिष्ट डा गुरुशरण साहले दसैँ–तिहारजस्ता चाडपर्वमा खाइने खानाले विभिन्न क्यान्सरको जोखिम बढाउने बताए । […]

‘जसले आफ्नो मातापितालाई ठग्छ, उसको जीवन सफल हुन सक्दैंन’- डा. अनिल

नेपाल स्वास्थ्य डटकम डेस्क । बरिष्ठ मुटुरोग विशेषज्ञ तथा लेखक डा. ओममूर्ति अनिलले इमेज टेलिभिजनको कार्यक्रम ‘हट सिट’ मा पत्रकार जगदिश खरेललाई एक अन्तर्वार्ता दिदैं जसले आफ्नो मातापितालाई ठग्छ, उसको जीवन सफल नहुने बताएका छन् । अन्तर्वार्ताका क्रममा भावुक बनेका डा. अनिलले आफ्नो बुवाको निधनमा आफूले १६ दिन बुवासँगै आइसियूमा बिताएको क्षण उल्लेख गर्दे चिकित्सक […]

सापू रोगबाट बच्न चिकित्सकको आग्रह

नारायणगढ । पछिल्लो केही दिनयता चितवन तथा यस आसपासका क्षेत्रमा सेतो पुतलीबाट सर्ने ‘सिजनल हाइपर एक्युट प्यानयुभाइटिस’ (सापू) रोगका बिरामी देखा पर्न थालेका छन् ।  भरतपुर आँखा अस्पतालमा विगत १५ दिनमा छ जना सापूका बिरामी जटिल अवस्थामा आएको अस्पतालका आँखारोग विशेषज्ञ डा कुमुदिनी सुवेदीले बताइन् । केही समयअघि महामारीको रुपमा फैलिएको आँखा पाक्ने रोगसँग झुक्किएर […]

१०३ प्रतिजैविक औषधि प्रयोग नगर्न विभागको निर्देशन

नेपाल स्वास्थ्य डटकम सरकारले एक सय तीन प्रकारका प्रतिजैविक प्रतिरोध (एन्टीबायोटिक) औषधिको प्रयोग नगर्न उपभोक्ता र सरोकारवालालाई निर्देशन दिएको छ । औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले प्रतिजैविक प्रतिरोध औषधिको प्रयोगलाई न्यूनिकरण गर्न र रोकथाम तथा नियन्त्रण गर्नका लागि प्रयोगमा नल्याउन निर्देशन दिएको बताए । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले पनि ती औषधिको प्रयोगका लागि सिफारिस […]

मानसिक स्वास्थ्य र भोजन

डा. अरुणा उप्रेती पेटको स्वास्थ्यले मनलाई पनि प्रभाव पार्छ । मानसिक स्वास्थ्यबारे छलफल चल्दा विज्ञ, औषधि र अस्पतालका सन्दर्भहरू मात्रै आउने गर्छन् । ‘मनको स्वास्थ्य भोजन र जीवनशैलीसँग पनि जोडिएको हुन्छ’ भन्नेबारे प्रायः अन्तर्क्रिया भएको पाइँदैन । एक वर्षअघि बेलायत बसेका बेला मानसिक स्वास्थ्य, भोजन र पोषणबारे तालिम लिएपछि मात्र मलाई कसरी पेटको स्वास्थ्यले मनको […]

जलनमा पानीको महत्व

डा. किरण नकर्मी जल्ने बित्तिकै जलेको घाउमा आधा घण्टा सम्म बगिरहेको पानी खन्याएर चिस्याउनु पर्ने हुन्छ। यसो गर्दा जलन छालाको गहिरो भागसम्म गढ्न घाउ गहिरो हुन पाउँदैन। गहिरो घाउलाई छाला प्रत्यारोपण गर्नुपर्छ भने चिस्याएर घाउ गहिरो हुन दिएन भने मलहम पट्टी गरेरै बिना अपरेशन निको पार्न सकिने सम्भावना बढ्न जान्छ। हाम्रो शरीरको ६०-८०% भाग पानी […]

आँखा पाक्ने रोगबाट कसरी बच्ने?

नेपाल स्वास्थ्य डटकम,आँखा पाक्ने रोगले यतिबेला धेरैलाई सताएको छ । यो रोग लागेपछि आँखाको सेतो भागको बाहिरी तह र आँखाको ढकनीको भित्री तहमा पोलेको महशुस हुन्छ भने आँखा फुस्रो वा रातो देखिन्छ। त्यस्तै आँखामा पीडा हुनुका साथै पोलेको, चिलाएको वा केही बिझाएको महसुस हुन्छ। आँखा पाक्ने रोग लागेको आँखामा धेरै आँसु आउने र बिहान उठ्ने […]

नेपालमा बायोमेडिकल उपकरण– अभ्यास र चुनौती

– ई. रक्षा महत प्रविधिको विविधायुक्त प्रयोग नेपालको स्वास्थ्य क्षेत्रमा अंगिकार गर्न थालिएको केही दशक भएको छ । यो केही दशकको समयावधीमा आम नेपाली समुदायले यसको प्रत्यक्ष लाभ उठाइरहेका छौं । सन् १९०१ मा कार्ल रिट्रले बिरामीको रक्तचाप मापनका लागी आविस्कार गरेको स्पाइग्नोम्यानोमिटर स्वास्थ्य क्षेत्रको लागी कोशेढुंङ्गा हो । यसपछि क्रमशः आविस्कार हुदैं गएका तमाम […]

नर्सिङ पढेकालाई बेलायतमा काम गर्न जाने अवसर

नेपाल स्वास्थ्य डटकम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘पाइलट प्रोग्राम’ का रूपमा पहिलो चरणमा १०० जना नर्सलाई रोजगारीका लागि बेलायत पठाउन आवेदन खुलाएको हो। नेपाल सरकार र बेलायत सरकारबीच द्विपक्षीय श्रम सम्झौता कार्यान्वयन सम्बन्धी कार्ययोजना मन्त्रिपरिषद्‌बाट स्वीकृत भएसँगै श्रम मन्त्रालयले पहिलो चरणमा १०० जना नर्सिङ स्टाफ बेलायत पठाउन लागेको हो। बेलायत जान इच्छुक नर्सले […]