नेपाल स्वास्थ्य, नेपाल र बेलायतबीच भएको सम्झौता अनुसार भएको पाइलटिङ कार्यक्रम अनुसार बेलायत जान ४५ जना नर्स छनोट भएका छन्।
मंसिर १८ देखि २१ गतेसम्म भएको अन्तर्वार्ताबाट ४५ जना नर्स छनोट भएका हुन् । अन्तर्वार्ताका लागि ७१ जना नर्सहरूको प्रारम्भिक सूची सार्वजनिक गरिएको थियो। वैदेशिक रोजगार विभागका अनुसार अन्तर्वार्तामा ६० जना नर्सको सहभागिता रहेको थियो।
प्रकाशित मिति: २०८० मंसिर २३ गते, बिहान ६:४१ बजे

