प्युठानमा बिहे भोज खाने ३५ जना बिरामी

गृहपृष्ठ स्वास्थ्य समाचार हेडलाइन्स

सागर महत,अर्घाखाँची

प्युठानमा विवाहको भोज खाएका ३५ जना जन्ती बिरामी परेका छन् । पाल्पाको एक बिहेभोजमा सहभागी प्युठान नगरपालिका–६ का एउटै गाउँका ३५ जना बिरामी भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता इन्सपेक्टर सुशील थापामगरले जानकारी दिनुभयो ।

शुक्रबार पाल्पाको एक बिहेभोजमा सहभागी भएर घर फर्किएका उनीहरु बिरामी परेका हुन । उनीहरुमा ज्वरो, पखाला र वान्ता लगायतका समस्या देखिएपछि सबैलाई उपचारका लागि एम्बुलेन्स मार्फत जिल्ला अस्पताल बिजुवारमा लगिएको छ । उनीहरू सबैको उपचार भैरहेको र अहिले उनीहरुको स्वास्थ्य अवस्था चिन्ताजनक नरहेको समेत सुचना अधिकारी थापामगरले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७९ मंसिर २० गते , साँझ ७:३५ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *