नेपाल स्वास्थ्य डटकम,
शुक्रबार राति जाजरकोटकाे रामीडाँडालाई केन्द्र बनाएर गएकाे ६.४ म्याग्निच्युडको भूकम्पमा जाजरकोट र रुकुम पश्चिममा ठूलो क्षति पुगेको छ। हालसम्म भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या १२८ पुगेको छ भने भूकम्पका कारण सयौं घाइते भएका छन् ।
भेरी अस्पताल नेपालगन्जलाई उपचारको लागि डेडिकेटेड अस्पताल बनाइएको छ।
भूकम्पका कारण ठाउँ-ठाउँमा सडक अवरुद्ध भएको र टेलिफाेनले काम नगरेकाले उद्धारमा कठिनाई भएको छ । यसले घटनाको एकिन विवरण संकलनमा समस्या भएको छ।
प्रकाशित मिति:२०८० कार्तिक १८ गते, बिहान ८:१३ बजे

