मिर्गौला पीडित बस्नेतलाई उपचारको लागि सहयोग जुट्दै

स्वास्थ्य समाचार

नेपाल स्वास्थ्य, मिर्गौला रोगबाट पीडित अर्घाखाँचीको मालारानी-५ का ३१ वर्षीय कमल बस्नेतको उपचारका लागि विभिन्न ठाउँबाट सहयोग जुट्दै गएको छ। आर्थिक अवस्था कमजोर भएका कारण आर्थिक सङ्कलन अभियान सञ्चालन गरिएको निजका दाई मणिराम बस्नेतले बताए। स्वदेश लगायत विदेशबाट सहयोग रकम जुटिरहेको उनको भनाइ छ।

उनिसँग संगै अध्ययन गरेका मालारानी-५ का बलाराम केसीका अनुसार उनका साथीहरुले समेत सहयोग अभियानलाई तीव्रता दिएका छन्। हाल बस्नेत उपचारको लागि काठमाडौंमा रहेका छन्। केहि वर्षअघि नै बुवाआमा गुमाएका बस्नेत बुटवलमा परिवारसहित बस्दै आएका थिए। उनको उपचारको लागि सहयोग गर्न परिवारले आग्रह गरेको छ।

प्रकाशित मिति: २०८० चैत्र १३ गते, बिहान ७:३८ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *