नेपाल स्वास्थ्य डटकम
सरकारले एक सय तीन प्रकारका प्रतिजैविक प्रतिरोध (एन्टीबायोटिक) औषधिको प्रयोग नगर्न उपभोक्ता र सरोकारवालालाई निर्देशन दिएको छ ।
औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले प्रतिजैविक प्रतिरोध औषधिको प्रयोगलाई न्यूनिकरण गर्न र रोकथाम तथा नियन्त्रण गर्नका लागि प्रयोगमा नल्याउन निर्देशन दिएको बताए ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले पनि ती औषधिको प्रयोगका लागि सिफारिस गरेको छैन । उनले ती प्रतिजैविक औषधिको प्रयोग गर्न औचित्य नभएको समेत बताए ।
डलब्चुएचओले प्रयोगमा नल्याउने भनेर एक सय तीन प्रकारका प्रतिजैविक औषधिको सूची प्रकाशन गरेको छ,’ उनले भने, ‘ती औषधि न दर्ता गर्छौ न प्रयोगका लागि अनुमति नै दिन्छौ ।’ उनका अनुसार एक सय तीनमध्ये १३ प्रकारका प्रतिजैविक प्रतिरोध औषधि भने दर्ता गरिएका छन् ।
विभागले त्यस्ता प्रतिजैविक प्रतिरोधको विश्वव्यापी कार्ययोजनासँग मेल खाने गरी एक स्वास्थ्य अवधारणा अनुरुप प्रतिजैविक प्रतिरोधबाट हुने विरामी दर, मृत्यु दर र आर्थिक असरलाई प्रभावकारी रुपले कम गर्न राष्ट्रिय कार्ययोजना तयार पारी स्वीकृतको अन्तिम चरणमा रहेको जनाएको छ । रासस
प्रकाशित मितिः २०८० असोज १ गते, दिउँसो ३:३१ बजे

