आँखा पाक्ने रोगबाट कसरी बच्ने?

विचार/ब्लग हेडलाइन्स


नेपाल स्वास्थ्य डटकम,
आँखा पाक्ने रोगले यतिबेला धेरैलाई सताएको छ । यो रोग लागेपछि आँखाको सेतो भागको बाहिरी तह र आँखाको ढकनीको भित्री तहमा पोलेको महशुस हुन्छ भने आँखा फुस्रो वा रातो देखिन्छ। त्यस्तै आँखामा पीडा हुनुका साथै पोलेको, चिलाएको वा केही बिझाएको महसुस हुन्छ। आँखा पाक्ने रोग लागेको आँखामा धेरै आँसु आउने र बिहान उठ्ने बेलामा आँखाको ढकनी एकआपसमा टाँसिने हुन्छ। यो रोग लाग्दा आँखाको सेतो भाग सुन्निन पनि सक्छ। यदि आँखा पाक्ने रोगका साथमा एलर्जी भयो भने अझ धेरै चिलाउने हुन सक्छ । यसले एउटा मात्रै वा दुबै आँखामा असर पुर्याउन सक्छ।

गर्मीमा बढी ब्याक्टेरिया वा थायोसाइसको असर बढी हुनुका साथै बाहिरी आद्रता पनि बढी हुने भएकोले धेरैजसो ब्यक्तिहरुमा गर्मी महिनामा नै यस्तो समस्याहरु बढी देखिन्छ । तर, दैनिक क्रियाकलापमा अलिकति परिवर्तन ल्याइ सजग भएको खण्डमा मात्रै पनि यो समस्याबाट बच्न सकिन्छ ।

संक्रमण भएको व्यक्तिले आँखा छोएर टेबल, मेच, लुगा वा अन्य व्यक्तिलाई छुँदा संक्रमण फैलिने डर हुन्छ । आँखा पाक्ने एउटै माध्यम भनेको आँसुबाट नै हो त्यसकारण पाकेको आँखा छुन हुँदैन । घरमा खानेपानीलाई बरफ बनाएर त्यसले आँखा सेकाउन पनि मिल्छ तर सचेत बन्नुपर्ने कुरा के हो भने एउटा आँखामा प्रयोग गरेको बरफ अर्कोमा प्रयोग गर्न भने हुँदैन ।

आँखा पाकेका मानिसले आँसु पुछ्दा ‘डिस्पोजेबल टिस्यु’ हरूको प्रयोग गर्नुपर्छ । आँखामा अनावश्यक रुपमा हात नलग्ने, पानी नछ्याप्ने, जथाभावी औषधिको प्रयोग नगर्ने र घरबाहिर जानुपरे कालो चस्माको प्रयोग गर्नु पर्दछ ।


प्रकाशित मितिः २०८० साउन २५ गते, दिउँसो ३ः५३ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *