रुपन्देहीमा प्रदेशस्तरीय प्रयोगशालाको उद्घाटन

स्वास्थ्य समाचार

रुपन्देही । बुटवलमा करिब ९ करोड लागतमा प्रदेश जनस्वास्थ्य प्रयोगशाला भवन निर्माण भएको छ । कोभिड १९ संक्रमणको बेला गुणस्तरीय ल्याबको अभाव भोगेका लुम्बिनीवासीलाई लक्षित गरी प्रदेशस्तरको सुविधासम्पन्न ल्याब स्थापना भएको हो ।

ग्लोबल फण्डको अनुदान र सेभ द चिल्डेन्सको सहयोगमा ८ करोड ७० लाख २० हजार ४७० रुपैयाँ लागतमा निर्माण भएको भवनको सोमबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उद्घाटन गरेका छन् भने सेभ द चिल्ड्रेनका कन्ट्री डाइरेक्टर हेयथर कम्पबेलले मुख्यमन्त्री चौधरीलाई औपचारिक रुपमा भवन हस्तान्तरण गरेका छन् ।

प्रकाशित मितिः २०८० श्रावण १६ गते, बिहान ६:१९ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *