कक्षा ६ मा पढ्ने सबै बालिकालाई ‘एचपीभी’ खोप दिइने

नेपाल स्वास्थ्य, कक्षा ६ मा अध्ययनरत सबै बालिकाले पाठेघरको क्यान्सर विरुद्धको एचपीभी खोप पाउने भएका छन् । प्रतिनिधिसभामा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले कक्षा ६ मा अध्ययन गर्ने सबै बालिकालाई एचपीभी खोप दिइने बताएका हुन् । यो खोपको काम ह्युमन प्यापिलोमा भाइरसको सङ्क्रमण रोक्ने हो । यो भाइरस यौन सम्बन्धबाट […]

जब चिकित्सकको बिदाइमा सबै भावुक बने…

नेपाल स्वास्थ्य, बुधबार दिउँसो ४ बजे । धुमिल मौसम । आकाशको पानी जमिनमा टेक्नै आँटेको छ । पहाडी जिल्ला गुल्मीको सरकारी अस्पतालमा कार्यरत एक चिकित्सकको बिदाइमा अस्पतालका कर्मचारी वर्षातको मौसमजस्तै मलिन भावमा कार्यालय प्रमुखको कार्यकक्षमा जम्मा हुन्छन् । धेरैका अनुहारजस्तै अस्पतालबाट बिदाइ हुन लागेका डा. हिमाल थापाको अनुहार पनि सदाको जस्तो चम्किलो र हसिमुख छैन […]

लुम्बिनी प्रदेशको बजेटमा के के छन् त स्वास्थ्यका विषय?

अनिता कुँवर, लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । जसमा चालुतर्फ १२ अर्ब १ करोड ४७ लाख ८६ हजार अर्थात् ३० दशमलव ८८ प्रतिशत र पुँजीगततर्फ २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार अर्थात् ६० दशमलव ३२ प्रतिशत बजेट विनियोजन गरिएको छ […]

अब रुरुक्षेत्रका महिला स्वास्थ्य स्वयंसेविकालाई पेन्सन !

नेपाल स्वास्थ्य, गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको पेन्सन योजना कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिका र नागरिक लगानी कोषबीच सम्झौता भएसँगै कार्यक्रम कार्यान्वयनमा गएको पालिकाका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिए । गाउँपालिकाले ७७ जना महिला स्वास्थ्य स्वयंसेविकालाई पेन्सन योजना सुविधामा समेटेको हो । पालिकाले प्रति स्वयंसेविका वार्षिक १० हजार रुपैयाँका दरले पेन्सन कोषमा […]

सरुवा भएका कर्मचारी तीन दिनभित्र काज फिर्ता नगरे कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

नेपाल स्वास्थ्य, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पताल तथा मातहतका निकायमा सरुवा भए पनि हाजिर नगराइएका कर्मचारीलाई तीन दिनभित्र हाजिर नगराए कारबाही गर्ने चेतावनी दिएको छ। मन्त्रालयले संघीय अस्पताल तथा मातहतका कार्यालयमा पत्र पठाउँदै तीन दिनभित्र कर्मचारीहरुलाई हाजिर नगराए विभागीय कारबाही तथा सेवा सुविधा वागतको रकम असुलउपर गर्ने सचिवस्तरीय निर्णयको ब्यहोरा सहितको पत्र पठाएको हो […]

पाल्पाको रिमिघा लेक क्षेत्रमा भेटिएको जडीबुटी यार्चागुम्बा भएको पुष्टि

नेपाल स्वास्थ्य, पाल्पाको रिमिघा लेक जंगल क्षेत्रमा भेटिएको जडीबुटी यार्चागुम्बा पुष्टि भएको छ। रम्भा गाउँपालिको फोक्सिङ्कोट र पीपलडाँडा क्षेत्रमा पर्ने रिमिघा लेकमा भेटिएको जडीबुटी यार्चागुम्बा भएको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारले पुष्टि गरेको हो। सुन्तलाको बिरुवा लगाउन खाल्डो खन्ने क्रममा यार्सागुम्बाजस्तै देखिने वस्तु फेला परेपछि त्यसको पुष्टि गर्न प्रयोगशाला पठाइएको थियो। यार्सागुम्बामा औषधिजन्य गुण हुने […]

टिचिङ अस्पतालले माग्यो १०० जना स्टाफ नर्स

नेपाल स्वास्थ्य, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) महाराजगञ्जले १०० सय जना नर्स  मागेको छ। अस्पतालले एक सूचना गर्दै करार सेवामा १०० जना नर्स भर्ना गर्न लागेको जनाएको छ। योग्य उम्मेदवारहरूले आगामी २५ जेठ देखि  असार १ गते सम्म  बेलुका ५ बजेसम्म आवेदन दिन सक्नेछन्। नर्सिङ विषयमा प्रमाणपत्र तह वा बिएस्सी नर्सिङ उत्तीर्ण गरेका व्यक्तिहरूले लागि […]

रुरुक्षेत्रमा विद्यार्थीहरुका लागि मानसिक स्वास्थ्य सचेतना कार्यक्रम (फोटोफिचर)

नेपाल स्वास्थ्य, गुल्मीको रुरुक्षेत्र गाउँपालिकाका विभिन्न विद्यालयहरुका कक्षा ८-१२ मा अध्ययनरत विद्यार्थीहरुका लागि मानसिक स्वास्थ्य सचेतना कार्यक्रम सुरु भएको छ। पालिका अन्तरगत रहेको थोर्गाको राष्ट्रिय माध्यमिक विद्यालयमा विद्यार्थीहरुका लागि मानसिक स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न गरिएको प्रशिक्षक जेनिस बिष्टले जानकारी दिनुभयो। यो कार्यक्रम पालिका अन्तर्गतका अन्य विधालयमा पनि संचालन गरिने पालिकाको स्वास्थ्य शाखाले जनाएको छ। हेर्नुहोस् […]

सुर्तीजन्य पदार्थको लत त्याग्न चाहनेका लागि ‘हेल्पलाइन’ सेवा

नेपाल स्वास्थ्य, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले धुम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न चाहनेका लागि ‘हेल्पलाइन’ सेवा सञ्चालनमा ल्याएको छ । मन्त्रालयले ११३२ मा फोन गरी परामर्श लिनसक्ने व्यवस्थाको सुरुवात गरेको हो । विश्व सुर्तीजन्य पदार्थरहित दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले ‘हेल्पलाइन’ सेवाको शुभारम्भ गरेका हुन् । दिवसको अवसरमा सुर्तीजन्य पदार्थको आयात, उत्पादन, […]

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट ९५ अर्ब ८१ करोड

नेपाल स्वास्थ्य, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ९५ अर्ब ८१ करोड रुपैयाँ बजेट विनियोजन भएको  छ। आगामी आर्थिक वर्षको लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ९५ अर्ब ८१ करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिएका हुन्। स्वास्थ्य बिमा कार्यक्रम विस्तार, दलित तथा पिछडिएका र गरिबीको रेखामुनि रहेका नागरिकको निःशुल्क स्वास्थ्य बिमा, […]