नेपाल स्वास्थ्य, कक्षा ६ मा अध्ययनरत सबै बालिकाले पाठेघरको क्यान्सर विरुद्धको एचपीभी खोप पाउने भएका छन् । प्रतिनिधिसभामा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले कक्षा ६ मा अध्ययन गर्ने सबै बालिकालाई एचपीभी खोप दिइने बताएका हुन् ।
यो खोपको काम ह्युमन प्यापिलोमा भाइरसको सङ्क्रमण रोक्ने हो । यो भाइरस यौन सम्बन्धबाट सर्ने भएकाले शारीरिक सम्बन्ध अगावै खोप लगाएमा क्यान्सरको जोखिम न्यूनीकरण गर्न सकिने हुन्छ ।
प्रकाशित मिति: २०८२ असार १० गते, बिहान ६:२१ बजे

