नेपाल स्वास्थ्य, अर्घाखाँचीको नरपानीमा चालक तथा सहचालकको स्वास्थ्य परीक्षण गरिएको छ । “ट्राफिक सचेतना” कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको आयोजना र सन्धिखर्क नगरपालिकाको सहयोगमा चालक तथा सहचालकहरूको लागि आँखा जाँच तथा स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको हो । सन्धिखर्क–गोरुसिङ्गे सडक खण्ड अन्तर्गत नरपानीमा आँखा तथा स्वास्थ्य जाँच गरिएको हो ।
यातायात सुरक्षालाई ध्यानमा राख्दैं कार्यक्रम आयोजना गरिएको ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
प्रकाशित मिति: २०८२ जेठ १२ गते, दिउँसो ३:२० बजे

