ग्राण्डी सिटीले ५७ लाख १९ हजार क्षतिपूर्ति दिनुपर्ने अदालतको फैसला

स्वास्थ्य समाचार हेडलाइन्स

नेपाल स्वास्थ्य, काठमाडौंको ग्राण्डी सिटी अस्पताल र त्यहाँ कार्यरत चिकित्सकले उपचारमा लापरबाही गरेको भन्दै बिरामीलाई क्षतिपूर्ति दिनुपर्ने उपभोक्ता अदालतले फैसला गरेको छ । बिरामी वर्षा भण्डारीले आफ्नो उपचारमा लापरबाही भएको दाबी गर्दै उपचारमा संलग्न चिकित्सक र अस्पतालमाथि ३ करोड १७ लाख रुपैयाँ क्षतिपूर्ति दाबी गरी गत चैतमा मुद्दा दर्ता गराएकी थिइन् ।

उपभोक्ता अदालतका रामप्रसाद शर्मा, गेहेन्द्रराज रेग्मी र आन्नदराज पोखरेलको इजलासले अस्पताल र चिकित्सकले ५७ लाख १९ हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको हो । 

प्रकाशित मिति: २०८२ जेठ १५ गते, बिहान ११:३७ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *