नेपाल स्वास्थ्य, स्वास्थ्य बीमामा अब ‘प्रथम सेवा विन्दु’ सरकारीमात्रै हुने भएको छ। बोर्डले सामुदायिक तथा निजी स्वास्थ्य संस्थाका नाममा एक सूचना जारी गर्दै अब प्रथम सेवा विन्दु सरकारी स्वास्थ्य संस्था मात्रै रहने जानकारी गराएको हो।
यो नयाँ व्यवस्था २०८२ श्रावन १ गतेदेखि लागू हुनेछ । प्रथम सेवा विन्दुको रूपमा सेवा दिई हालसम्म बोर्डको सेवा प्रवाहमा पुर्याएको योगदानका लागि स्वास्थ्य बीमा बोर्डले धन्यवाद ज्ञापन गरेको छ।
प्रकाशित मिति: २०८२ जेठ १६ गते, बिहान ८:५० बजे

