नेपाल स्वास्थ्य, गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको पेन्सन योजना कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिका र नागरिक लगानी कोषबीच सम्झौता भएसँगै कार्यक्रम कार्यान्वयनमा गएको पालिकाका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिए ।
गाउँपालिकाले ७७ जना महिला स्वास्थ्य स्वयंसेविकालाई पेन्सन योजना सुविधामा समेटेको हो । पालिकाले प्रति स्वयंसेविका वार्षिक १० हजार रुपैयाँका दरले पेन्सन कोषमा रकम जम्मा गर्ने व्यवस्था मिलाएको जनाएको छ ।
प्रकाशित मिति:२०८२ जेठ ३१ गते, बिहान ०७:२५ बजे

