गुल्मी अस्पतालमा ‘हेमोडायलाइसिस सेवा’ सुरु

लुम्बिनी प्रदेशको गुल्मी जिल्लामा अवस्थित गुल्मी अस्पतालमा औपचारिक रुपमा ‘हेमोडायलाइसिस सेवा’ सुरु भएको छ । शनिबार लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले उक्त सेवाकाे उद्घाटन गरेका हुन् ।फोटो: अनिल खत्री/गुल्मी प्रकाशित मिति: २०८० माघ १४ गते बिहान ६:४१ बजे

औषधि उत्पादन तत्काल थाल्न प्रधानमन्त्रीको निर्देशन

नेपाल स्वास्थ्य, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल औषधि लिमिटेडले औषधि उत्पादनका निम्ति गरेको प्रयास महत्वपूर्ण रहेको बताउँदैं २० प्रकारका औषधि उत्पादनको काम तत्काल थाल्न निर्देशन दिएका छन् । नेपाल औषधि लिमिटेडका अध्यक्ष यज्ञ न्यौपानेसहितको टोलीलाई आइतबार आफ्नै कार्यकक्षमा बोलाएर प्रधानमन्त्रीले तत्काल उत्पादन थाल्न निर्देशन दिएका हुन्। औषधि लिमिटेडका अध्यक्ष न्यौपानेले हाल १० प्रकारका औषधि […]

लुम्बिनी प्रदेशमा सिकलसेलका बिरामीको स्वास्थ्य बीमा सुरु

नेपाल स्वास्थ्य, लुम्बिनी प्रदेशमा सिकलसेलका बिरामीको स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको छ। प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले बाँकेको राप्तीसोनारी गाउँपालिका- ४ बैजापुरबाट स्वास्थ्य बीमा कार्यक्रमको सुरुवात गरेका हुन् । थारु समुदायमा समस्याको रुपमा रहेको सिकलसेल, थालेसेमिया र हेमोफिलिया रोगका बिरामी र उनका परिवारलाई अब एक लाखसम्मको औषधि र उपचारको व्यवस्था गरिने भएको छ। प्रदेशका बाँके, बर्दिया, […]

स्वास्थ्यका लागि फाइदाजनक छ मेवा

नेपाल स्वास्थ्य, शरीरको लागि आवश्यक फलफूलहरु मध्ये मेवा पनि एक हो। मेवामा भिटामीन ‘ए’ र ‘सी’ पाइन्छ। मेवा खाँदा हाम्रो शरीरमा धेरै फाइदाहरु हुने गर्छ। त्यसैले त मेवाको नियमित सेवन गर्नु स्वास्थ्यका लागि फाइदाजनका मानिन्छ। रोग प्रतिरोधक क्षमता बढाउन्छः मेवाले शरिरमा रोग प्रतिरोधक क्षमता बढाउने हुनाले शरिर स्वस्थ पनि रहन्छ। मधुमेह रोगीलाई फाइदाः मेवा सेवन […]

स्वास्थ्य बिमा कार्यक्रममा सहभुक्तानी प्रणाली लागू हुने

नेपाल स्वास्थ्य डटकम,आउँदो माघ १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रममा सहभुक्तानी प्रणाली लागु हुने भएको छ । जसमा बिरामीले १० प्रतिशत शुल्क आफैँ व्यहोर्नुपर्नेछ । अब अस्पतालबाट प्रदान गरिने अन्तरंग, बहिरंग, निदानात्मक (परीक्षण), उपचारात्मक, शल्यक्रिया, फिजियोथेरापी र पुनःस्थापना सेवामा लागेको खर्चको १० प्रतिशत रकम बिरामीले व्यहोर्नुपर्नेछ ।  बोर्डले बिमा ऐन, २०७४ को दफा ७ मा भएको […]

हिँउ, हिमाल र हामी

डा. राजेन्द्र बहादुर जिसी साथिहरुको हिँउमा स्केटिङ खेलेको देख्दा ति हिउँहरुका याद आए । जसको महत्व बुझेर पनि नबझे जस्तै गर्नु परिरहेछ। मेरो हिँउसँगको नाता सम्बन्ध कहिले गाँसियो थाहा भएन हेर्दा हेर्दै माया बस्यो, खेलाउँदा खेलाउँदैं हामी दुवै गल्यौं । हिमाल भनेको हिँउको थुप्रो हो, भूगोलको सर भन्नुहुन्थयो,मैले सम्झे धानको थुप्रों, अन्नपुर्ण भन्दा त झन् […]

अस्पतालको बेडमा कुकुर बसेपछि तीन स्वास्थ्यकर्मी निलम्बनमा

अस्पतालको इमर्जेन्सी बेडमा कुकुर बसेको विषय सार्वजनिक भएपछि कपिलवस्तु अस्पताल प्रशासनले तीन स्वास्थ्यकर्मीलाई निलम्बन गरेको छ । इमर्जेन्सी कक्षको बेडमा कुकुर सुतेको फोटो सामाजिक संजालमा भाइरल बनेको थियो । अस्पताल प्रशासनको सोमबार बसेको बैठकले घटनाको छानबिनपछि ३ जनालाई निलम्बनमा राखेको हो । निलम्बनमा पर्नेमा २ जना अहेब र एक जना कार्यालय सहयोगी रहेका छन् । […]

बुटवलमा ‘नगर प्रमुख आमा सुरक्षा कार्यक्रम’

लुम्बिनी- बुटवल उपमहानगरपालिकालाई सफा, सुन्दर, हरियाली र उज्यालो सहर बनाउन विभिन्न योजना अगाडि बढाइएका छन्। बुटवल उपमहानगरपालिकाको बुधबारदेखि सुरु नगरसभाको १४ औं अधिवेशनको पहिलो बैठकमा नगरप्रमुख खेलराज पाण्डेले चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा पेश गर्दै विभिन्न योजना अगाडि बढाएको बताए। उनले चालु आवमा मोतीपुर र बेलबासमा १५-१५ श्ययाका अक्सिजन सुविधासहितका अस्पताल सञ्चालनमा ल्याउने, सिद्धार्थ बाल तथा […]

निमोनिया रोकथामका लागि तयारी रहन निर्देशन

चीनका बालबालिमा देखिएको कडा खालको निमोनिया नेपालमा पनि फैलन सक्ने सम्भावना भएकाले रोकथामका लागि तयारी अवस्थामा रहन सरकारले अस्पतालहरुलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले निमोनियाको रोकथाम र उपचारका लागि अस्पतालहरुलाई उच्च सतर्कता साथ तयारी अवस्थामा राखिएको बताए । बुढाथोकीका अनुसार रेस्पिरेटरी सिन्सिटिअल भाइरस (श्वासप्रश्वासमा असर गर्ने भाइरस)ले गर्दा […]