अस्पतालको इमर्जेन्सी बेडमा कुकुर बसेको विषय सार्वजनिक भएपछि कपिलवस्तु अस्पताल प्रशासनले तीन स्वास्थ्यकर्मीलाई निलम्बन गरेको छ ।
इमर्जेन्सी कक्षको बेडमा कुकुर सुतेको फोटो सामाजिक संजालमा भाइरल बनेको थियो । अस्पताल प्रशासनको सोमबार बसेको बैठकले घटनाको छानबिनपछि ३ जनालाई निलम्बनमा राखेको हो । निलम्बनमा पर्नेमा २ जना अहेब र एक जना कार्यालय सहयोगी रहेका छन् ।
प्रकाशित मितिः २०८० पौष १९ गते, बिहान १०ः०५ बजे

