नेपाल स्वास्थ्य, दन्त स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। विशेषगरि विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी महोत्तरीको बर्दिबास र धुनुषाको लालगढमा रहेका विभिन्न विद्याललयमा कार्यक्रम आयोजना गरिएको डा. पुष्कर काफ्लेले जानकारी दिएका छन् । संगै डा. काफ्लेको नेतृत्वमा “जाडोलाई न्यानो बनाउने अभियान” अन्तर्गत महोत्तरीको बर्दिबास र धुनुषाको लालगढमा करिब १०० जनालाई ब्लान्केट,लत्ताकपडा, ब्रस र ५० जनालाई जुत्ता वितरण समेत गरिएको छ।
प्रकाशित मिति: २०८२ पौष ३० गते, बिहान ११:३५ बजे

