वायु प्रदूषण बढेकाले मास्क लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

स्वास्थ्य समाचार हेडलाइन्स

नेपाल स्वास्थ्य, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौंमा वायु प्रदूषण बढेकाले मास्क लगाउन आग्रह गरेको छ । मन्त्रालयले काठमाडौंको वायु विश्वकै अस्वस्थकरको सूचीमा रहेको उल्लेख गर्दै वायु प्रदूषणबाट जोगिन अनिवार्य मास्क लगाउन आग्रह गरेको हो । बाहिर अनावश्यक ननिस्कन, यात्रा नगर्न र अत्यधिक प्रदूषित क्षेत्रबाट टाढा रहन मन्त्रालयले अनुरोध गरेको छ ।

प्रदूषणले मुटु तथा रक्तनली, फोक्सो, मस्तिष्क, आँखा, नाक, कान, घाँटी आदिमा असर पुर्‍याउनुका साथै दम, क्यान्सर आदिको जोखिम पनि बढाउनुकाक साथै कम तौल भएको बच्चा जन्मने र अवधि नपुग्दै बच्चा जन्मने जोखिमसमेत हुने जनाएको छ ।

प्रकाशित मितिः २०८१ बैशाख १८ गते, दिउँसो २ः५८ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *