गर्मीमा तातो हावा ‘लू’ बाट जोगिन गर्न हुने र नहुने कुरा

विचार/ब्लग

नेपाल स्वास्थ्य, यतिबेला देशैभर गर्मि निकै बढेको छ । गर्मी बढेसँगै आगलागीका घटना पनि बढिरहेका छन् जसले दैनिक जीवनयापन कष्टकर बनेको देखिन्छ । गर्मी बढेसँगै तातो हावा लू को समेत जोखिम उत्तिकै भएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रले गर्मीको समयमा गर्न हुने र नहुने कुराहरु उल्लेख गरेको छ । आउनुहोस् गर्मीमा तातो हावा ‘लू’ बाट जोगिन गर्न हुने र नहुने कुरा जानौं ।

गर्न हुने :

– बाहिर निस्कनै परे छाता ओड्ने वा पातलो कपडाले टाउको छोप्ने हल्का खालको सितल हुने कपडा लगाउने

– धेरै पानी पिउने

– चिसो पानीले नुहाउने

– खेतबारी वा घर बाहिर काम गर्दा बिहान वा बेलुका गर्ने

– कागती पानी, नरिवल पानी तथा फलफूलको रस पिउने

– फलफूल, काँक्रो लगायत गरमै बनाएको ताजा खानेकुरा खाने

गर्न नहुने:

– दिउँसो सकभर घर बाहिर ननिस्कने

– क्याफिनले धेरै पिसाब गराउने हुँदा चिया, कफी, सोडा जस्ता पेयपदार्थ नपिउने

– भान्सामा धेरै समय नबस्ने, बस्न परेमा प्रशस्त पानी पिउने

-धूम्रपान तथा मदिरा सेवन नगर्ने

मुटुको चाल तीव्र हुने, श्वासप्श्वासमा समस्या हुने, रक्तचाप कम हुने, शरीरबाट पसिना ननिस्कने, टाउको अत्याधिक दुख्ने, चक्कर लाग्ने, हनहनी ज्वरो अाउने जस्ता समस्या देखिए विरामीलाई तुरुन्तै अस्पताल लैजाऔं ।

प्रकाशित मितिः २०८१ बैशाख १२ गते, दिउँसो १२ः०९ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *