नेपाल स्वास्थ्य,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक शुक्रबार सरकारी कार्यालय १० मिनेट सफा गर्न आग्रह गरेको छ । मन्त्रालयले आज एक सार्बजनिक अनुरोध जारी गर्दै डेंगु संक्रमण रोकथाम नियन्त्रणमा आम सर्वसाधारण, निजी क्षेत्र र सरोकारवालालाई आ-आफ्नो ठाँउबाट सहजीकरण र समवन्य गर्न आग्रह गरेको छ।
डेंगु नियन्त्रणका लागि अबदेखि हरेक शुक्रबार कार्यालय वरपर १० मिनेट सरसफाइ अभियान सञ्चालन गर्न अनुरोध गरेको हो । गत वर्ष जस्तै यस वर्ष पनि डेँगुका बिरामी बढ्न सक्ने भन्दै मन्त्रालयले सरसफाइ अभियान सञ्चालन गर्न अनुरोध गरेको हो ।
प्रकाशित मिति: २०८० बैशाख १४ बिहान ६:०३ बजे

