नेपाल स्वास्थ्य डटकम,
काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)का लागि गायिका आनी छोइङ डोल्माले १ करोड ८० लाख रुपैयाँ सहयोग गरेकी छन् । डोल्माले आफ्नो नाममा स्थापित संस्था आनी छोइङ डोल्मा फाउन्डेशनको नामबाट सो रकम किओचलाई हस्तान्तरण गरेकी हुन् ।
काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका प्रमुख प्रा. डा. भगवान कोइरालालाई उक्त सहयोग राशी फाउण्डेसनको तर्फबाट आनीका सांगीतिक गुरु तथा गीतकार दुर्गालाल श्रेष्ठले उक्त रकमको चेक कोइरालालाई प्रदान गरे ।
प्रकाशित मितिः २०८० भदौ १८ गते, बिहान ८ः०५ बजे

