निजी क्लिनिक जाने सरकारी स्वास्थ्यकर्मीलाई कडाइ गर्दे लुम्बिनी प्रदेश

स्वास्थ्य समाचार


नेपाल स्वास्थ्य, लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले निजी क्लिनिक जाने सरकारी स्वास्थ्यकर्मीलाई कडाइ गरेको छ । साउन २८ गतेको मन्त्रिस्तरको निर्णय कार्यान्वयन गर्दै सरकारी नियुक्ति लिएका चिकित्सक, कर्मचारीले आफ्नो नाम, पद तथा एनओसी नम्बर निजी क्लिनिकमा प्रयोग गर्न नपाउने भएका छन् ।

प्रदेशका स्वास्थ्य सचिव डा. वासुदेव उपाध्यायले प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयअन्तर्गतका अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीले आफू कार्यरत सरकारी अस्पतालको नाम र पद प्रयोग गरी निजी स्वास्थ्य संस्थाको ओपीडी टिकट, साइन बोर्ड, आमसञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गर्ने गरेको पाइएको भन्दै यस्ता क्रियाकलाप नगर्न नगराउन र गरेको भए हटाउने व्यवस्था मिलाउन लुम्बिनी प्रादेशिक अस्पतालका नाममा परिपत्र गर्दे यस्तो भनिएको छ ।

चिकित्सक तथा स्वास्थ्यकर्मीले सरकारीमा बिरामी नहेरी निजी क्लिनिकमा बिरामी जाँच गर्ने प्रवृति मौलाएको भन्दै बिरामीहरुले गुनासो गर्दे आइरहेका छन् ।

प्रकाशित मितिः २०८१ साउन ३० गते, बिहान ८ः११ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *