नेपाल स्वास्थ्य डटकम,
गुल्मी अस्पताल तम्घासले बिगत ३ आर्थिक बर्ष ७७-७८ ,७८-७९ र ७९-८० काे वार्षिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न गरेको छ। गुल्मी अस्पताल विकास समितीका अध्यक्ष गाेपाल प्रसाद पाण्डेकाे अध्यक्षता जिल्ला समन्वय समिती सभापति दाेर्ण बहादुर खत्रीकाे प्रमुख आथित्यतामा दीप प्रज्वलन गरि कार्यक्रम उद्घाटन गरिएको थियो ।
कार्यक्रममा निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. साेफिया थापाले प्रगति प्रतिवेदनकाे प्रस्तुतिकरण सहित उठेका प्रश्नको जवाफ दिएकी थिइन् । कार्यक्रममा गुल्मी जिल्लाका सम्पूर्ण सराेकारवाला , जिल्ला स्वास्थ्य कार्यालयकी कार्यालय प्रमुख पुष्पा थापा , जिल्ला तथ्यांक प्रमुख, रे.न.पा. वडा नम्बर ८ का वडा अध्यक्ष , काेलेनिका गुल्मीका कार्यालय प्रमुख, रेसुङ्गा नगरपालिका स्वास्थ्य शाखा प्रमुख, पत्रकार महासंघका प्रतिनिधि तथा अन्य सराेकारवाला, अस्पतालका फाँट प्रमुख तथा कर्मचारीहरूकाे उपस्थिति रहेको थियो। अस्पतालकाे बार्षिक समिक्षामा अस्पताललाई अझै सुधार्नकाे लागि विभिन्न सराेकारवालाहरूले प्रतिवद्धता समेत जाहेर गरेका थिए ।
कार्यक्रममा पत्रकार महासंघ गुल्मिका सचिव,जिल्ला स्वास्थ्य कार्यालय प्रमुख, अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष , जिल्ला समन्वय प्रमुख लगायतले समेत आफ्नो मन्तब्य व्यक्त गरेका थिए । उक्त कार्यक्रममा स्वागत अस्पताल ब्यवस्थापन अधिकृत अशिम चौधरी, संचालन जनस्वास्थ्य निरीक्षक बोम अर्याल र सहजीकरण मेडिकल रेकर्डर सुपरभाइजर बाबुराम पोख्रेलले गरेका थिए।
प्रकाशित मिति: २०८० असोज १३ गते, दिउँसो २:५१ बजे

