चितवनका युवाले बनाए इलेक्ट्रिक ह्विलचियर
शारीरिक रूपमा अशक्त चितवन माविका स्थायी शिक्षक दुर्गा बम्जनलाई स्कुल जान कसैको सहारा चाहिँदैन। उनी इलेक्ट्रिक ह्विलचियर चलाएर आफैँ विद्यालय जाने र घर फर्कने गर्छन्। धेरै वर्षसम्म उनलाई ह्विलचियरमा श्रीमतीले विद्यालय जान र फर्किन सहयोग गर्नुपर्थ्याे। युवा इन्जिनियर सुनील परियारले उनका लागि इलेक्ट्रिक ह्विलचियर निर्माण गरिदिएपछि हिँडडुल गर्न सजिलो भएको हो। परियारको अनुसन्धान समूहले उनका लागि […]

