नेपाल स्वास्थ्य,
लुम्बिनी प्रदेश लोकसेवाले भारी संख्यामा अहेब, अनमीको माग गरेको छ । आयोगले प्रकाशित गरेको सूचना अनुसार ७४ जना अहेबको माग गरिएको छ भने अनमीतर्फ ७९ जना रहेका छन् । आयोगले यो विज्ञापन स्थानीय सेवाको लागि गरेको हो । त्यसैगरी बैध ५ जना र ल्याब असिस्टेण्ट १ जना पनि मागेको छ ।
उक्त पदहरुमा आवेदन दिने म्याद बैशाख २० गतेसम्म तोकिएको छ भने दोब्बर दस्तुर तिरेर बैशाख २७ गतेसम्म दिन सकिन्छ ।
प्रकाशित मितिः २०८० चैत्र ३० गते, दिउँसो १२ः२९ बजे ।

