नेपाल स्वास्थ्य डटकम,
काठमाण्डौं महानगरपालिकाले सूचना जारी गर्दे महानगर क्षेत्रभित्र खुला रुपमा आगो बाल्ने तथा फोहोर जलाउनेजस्ता कार्यले वायुप्रदुषण वृद्धि हुने तथा जनस्वास्थ्यमा असर पर्ने भन्दै यस्ता कार्यमा प्रतिबन्ध लगाएको छ ।
महानगरपालिकाले निकालेको सूचनामा कसैले यस्तो कार्य गरेमा वातावरण तथा प्राकृतिक संरक्षण ऐन, २०७७ बमोजिम कारबाही गरिने जनाएको छ ।
प्रकाशित मितिः २०७९ कार्तिक २६ गते, विहान ८ः१५ बजे ।

