नेपाल स्वास्थ्य
कागतीको इतिहास हेर्ने हो भने चीन तथा भारतमा करिब २५०० वर्ष अघिदेखि यसलाई औषधीको रुपमा प्रयोग गर्ने गरेको पाइन्छ । नेपालमा राम्रोसँग फल्ने कागती स्वास्थ्यको दृष्टिकोणले राम्रो फलफुलमध्ये एक हो । यसका धेरै औषधीय गुणहरु रहेका छन् । कागतीको नियमित सेवनले स्वास्थ्यलाई राम्रो फाइदा पुग्ने विभिन्न अनुसन्धान तथा खोजहरुले देखाएका छन् । अझ कागती पानी खाँदा यसले शरीरको पाचन प्रक्रियालाई समेत फाइदा पुग्ने गर्दछ । कागतीलाई भिटामिन सी को महत्त्वपूर्ण स्रोत मानिन्छ । कागतीले रोग प्रतिरोधात्मक क्षमता बढाउनुको साथै तौल कम गर्नेसम्मका काममा सहयोगी मानिन्छ ।
कागतीका प्रमुख फाइदाहरुः
१. राम्रो पाचन प्रक्रिया बनाउन सहयोग गर्दछ । यसले आन्द्रामा रहेका विकारलाई सफा गरी पाचन प्रक्रियामा सहज ल्याउँदछ ।
२. शरीरमा ऊर्जा दिन्छ । हामीले थकान महशुस गर्दा यसको सेवन गर्यौ भने शरीरमा उर्जाको स्रोतको रुपमा यसले काम गर्दछ ।
३. कागती पानीको सेवनले पिसाब सम्बन्धी समस्याबाट समेत छुटकारा पाउन सकिन्छ ।
४. शरीरमा कोलेस्ट्रेरोल तथा बोसोपनको मात्रालाई नियन्त्रण गर्न समेत मद्दत गर्दछ ।
५. यसमा प्रशस्त मात्रामा भिटामिन ुसीु हुनाले फाइटोन्यूट्रियट्स हुन्छ जसले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।
६. कागतीमा एन्डिअक्सिडियन्ट र भिटामिन सी हुने हुनाले शरिरमा अनावश्यक तत्वहरुलाई नष्ट गर्नुका साथै क्यान्सरको जोखिम समेत कम हुन्छ ।
७. छालासम्बन्धी विभिन्न समस्याहरुबाट मुक्ति दिलाउन सहयोगी हुन्छ ।
८. कागती पानीको नियमित सेवनले रक्तसञ्चारमा सहयोग पुग्नुको साथै उक्त रक्तचाप हुनबाट समेत बचाउँछ ।
प्रकाशित मितिः २०७९ कात्तिक २८, विहान ७ः०५ बजे

