बीमाका औषधि बाहिर किन्न लगाउने संस्थालाई कारबाही गर्ने बोर्डको चेतावनी

स्वास्थ्य समाचार हेडलाइन्स

नेपाल स्वास्थ्य, स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत उपचार गरिरहेका बिरामीलाई बीमा प्याकेजमा समावेश औषधि तथा सामग्री बाहिरका पसलबाट नगदमा किन्न लगाउने स्वास्थ्य संस्थालाई कारबाही गरिने स्वास्थ्य बीमा बोर्डले चेतावनी दिएको छ ।

स्वास्थ्य बीमा कार्यक्रममा सहभागी अस्पताल तथा स्वास्थ्य संस्थाले बीमित बिरामीलाई उपचारका क्रममा आवश्यक पर्ने सेवा र औषधि बीमा प्याकेजभित्रै उपलब्ध गराउनुपर्ने व्यवस्था भए पनि केही स्थानमा बिरामीलाई बाहिरबाट औषधि किन्न लगाइएको गुनासो बढेपछि चेतावनी दिइएको बिमा बोर्डका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. पवन कुमार साहद्वारा हस्ताक्षर गरिएको पत्रमा भनिएको छ ।

प्रकाशित मिति: २०८२ फागुन २८ गते, बिहान ११:३० बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *