बायोमेडिकल संघको भेटघाट तथा अन्तक्रिया कार्यक्रम सम्पन्न

स्वास्थ्य समाचार

नेपाल स्वास्थ्य, नेपाल बायोमेडिकल संघको भेटघाट तथा अन्तक्रिया कार्यक्रम गत शनिबार सम्पन्न भएको छ । काठमाण्डौंको बुढानिलकण्ठस्थित डेक्काइडो ओन्सेनमा संघमा आबद्ध तथा संघ स्थापना गर्न अग्रसर हुने अग्रजहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा राष्ट्रिय स्वास्थ्य तालीम केन्द्र बिएमइटी यूनिटका टीम लिडर सुरेश श्रेष्ठले नेपालको स्वास्थ्य क्षेत्रमा बायोमेडिकल प्राविधिकको योगदान महत्वपूर्ण रहेको बताउदैं यस्ता प्राविधिकलाई राज्यले समयमै चिन्न सक्नुपर्ने बताएका थिए । कार्यक्रममा संघका अध्यक्ष श्यामसुन्दर हलुवाई, बरिष्ठ उपाध्यक्ष राम कुमार दाहाल, महासचिव सुनिल उपाध्यायले आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा विभिन्न अस्पतालमा कार्यरत बायोमेडिकल प्राविधिक तथा हाल अध्ययनरत बायोमेडिकल प्राविधिक विधार्थीबीच अन्तक्रिया कार्यक्रमसमेत भएको थियो । यसै अवसरमा संघले बायोमेडिकल क्षेत्रमा लामो समय योगदान गरेको भन्दै स्वास्थ्य तालीम केन्द्र बिएमइटी यूनिटका टीम लिडर सुरेश श्रेष्ठ साथै संघलाई सहयोग गर्ने तथा लोकसेवा मार्फत स्थायी सेवामा प्रवेश गर्नेहरुलाई समेत सम्मान गरेको थियो । संघले भावी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

प्रकाशित मितिः २०८१ माघ १ गते, साँझ ७ः०९ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *