भूकम्पका घाइतेहरुको उपचार सरकारले नि:शुल्क गर्ने

स्वास्थ्य समाचार

नेपाल स्वास्थ्य डटकम,
सरकारले जाजरकोट भूकम्पका घाइतेहरुको उपचार नि:शुल्क गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषदको बैठकले शुक्रबार राति गएको भूकम्पबाट घाइते भएकाहरूको सबै अस्पतालमा नि:शुल्क उपचार गर्ने निर्णय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।

भूकम्पमा परि घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।

प्रकाशित मिति: २०८० कार्तिक १९ गते, दिउँसो ३ः३१ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *