चुनाव प्रचार प्रसारका क्रममा पूर्व स्वास्थ्यमन्त्री खतिवडामाथि हातपात

स्वास्थ्य समाचार

नेपाल स्वास्थ्य डटकम,
चुनाव प्रचार प्रसारको क्रममा नेकपा एकीकृत समाजवादीका नेता तथा मकवानपुर क्षेत्र नं. २ बाट प्रतिनिधिसभाका उम्मेदवार विरोध खतिवडामाथि हातपात भएको छ।

मनोहरी गाउँपालिका ३ स्थित मसिने गोलघर भन्ने ठाउँमा हातपात भएको जनाइएको छ । उहाँलाई ५० वर्षीय पुरुषोत्तम खड्काले पछाडिबाट आक्रमण गरेको बुझिएको छ । घटनामा संग्लन खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
खतिवडा यसअघि देउवा नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्री रहनुभएको थियो ।

प्रकाशित मितिः २०७९ कार्तिक २२, साँझ ६ः०५ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *