नेपाल स्वास्थ्य डटकम,
काठमाडौं महानगरपालिकाले लामखुट्टेको लार्भा नष्ट गर्न बायो लार्भिसिद छर्कन थालेको छ । काठमाडौमा डेंगी रोग फैलन नदिनको लागि लामखुट्टेको लार्भा नस्ट गर्न नेपालमै पहिलो पटक बायो लार्भिसिद छर्कन थालेको मेयर बालेन शाहले फेसबुक मार्फत जानकारी दिएका छन् ।

“महानगरपालिकाले लामखुट्टेको लार्भा नष्ट गर्न बायो लार्भिसिद छर्कन थालेको छ ।”
यो औषधि जैविक हो । यसले लामखुट्टे र त्यसका लार्भालाईबाहेक कसैलाई पनि हानी गर्दैन । यो विषादि होइन । औषधिलाई पानीको माथिलो भागमा छर्कनु पर्दछ । यसले लार्भाको पेटमा विष उत्पन्न गर्छ । यसबाट उसको पाचन प्रक्रिया नष्ट हुन्छ । यसबाट पूर्ण विकसित हुन नपाउँदै लार्भा मर्छ । औषधिले डेंगीसहित, फिलारिया, औलो (मलेरिया), चिकन्नीयाजस्ता रोग फैलाउने सबै प्रजातिका लामखुट्टेका लार्भा र प्युपा नष्ट हुने मेयर शाहले स्टाटसमा उल्लेख गरेका छन् ।
स्वास्थ्य प्रवर्धन केन्द्रहरुमा डेंगी रोगको उपचारका लागि चाहिने सिटामोल, जीवन जल लगायत आवश्यक औषधिको वितरणको व्यवस्था मिलाइएको पनि उनले जानकारी दिएका छन् ।
प्रकाशित मितिः २०८० भदौ ५ गते, दिउँसो ३ः५३ बजे

