धेरै सुत्दा क्यान्सरको जोखिम

स्वास्थ्य समाचार

धेरै सुत्ने मानिसमा क्यान्सरको जोखिम हुने एक अध्ययनले देखाएको छ।जापानमा गरिएको अध्ययनअनुसार दैनिक १० घण्टाभन्दा बढी सुत्ने महिला तथा पुरुषमा क्यान्सरको जोखिम धेरै हुने गरेको पत्ता लागेको हो। नयाँ खोजले पुरुष दैनिक ६ देखि ८ घण्टा र महिला ६ देखि ९ घण्टा सुत्नु उत्तम हुने देखाएको छ।

काम गर्ने मध्यम उमेरका वयस्कहरूलाई कम्तीमा ८ देखि ९ घण्टा सुत्न अनुसन्धानकर्ताको सल्लाह छ। चार वर्ष लगाएर गरिएको अध्ययनले एशियालीहरूमा क्यान्सरको मृत्युदर उच्च रहेको देखाएको छ।

शोधकर्ताले दुई लाख ७१ हजार ६९४ जनामा अध्ययन गरेका थिए। यीमध्ये एक लाख २६ हजार ९३० पुरुष र एक लाख ४४ हजार ७६४ महिला थिए। तीमध्ये ४० हजार ७५१ जना क्यान्सरका बिरामी पनि रहेको जनाइएको छ।

अध्ययनअनुसार १० घण्टाभन्दा बढी सुत्ने महिलामा त्योभन्दा कम सुत्ने महिलाभन्दा १९ प्रतिशत बढी क्यान्सरको जोखिम देखिएको छ। पुरुषमा भने केही कम जोखिम देखिएको छ।

दैनिक पाँच घण्टा भन्दा कम सुत्ने मानिसमा भने क्यान्सरको जोखिम देखाएको छैन।

थाहाखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *