बाइकको पछाडि बस्नेलाई हेल्मेट अनिवार्य गर्न छलफल

स्वास्थ्य समाचार

नेपाल स्वास्थ्य,
मोटरसाइलसहित दुई पांग्रे सवारी साधनको पछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्ने व्यवस्थाको कार्यान्वयन गर्न सरकारले छलफल थालेको छ । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको बैठकमा यो विषयले प्रवेश पाएको हो ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १३० मा सवारी चलाउँदा सुरक्षा पेटी तथा हेल्मेट लगाउनुपर्ने उल्लेख छ । ऐनमा लेखिएको छ– ‘दुई पाङ्ग्रे सवारी चलाउदा चालकले तथा सो सवारीमा बस्ने मानिसले सुरक्षा टोप (हेल्मेट) लगाउनुपर्छ ।’
दुई पाङ्ग्रेको पछाडि बस्नेले हेल्मेट नलगाउँदा दुर्घटनामा बढी क्षति हुदैं आइरहेको छ । यस्तो किसिमको जोखिमलाई कम गर्न मन्त्रालयले यो विषयलाई कार्यन्वयनको तहमा लैजान खोजेको छ ।

प्रकाशित मितिः २०७९ माघ १८, बिहान ९ः१५ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *