पाठेघरको मुखको क्यान्सर के हो? कसरी बच्ने?

विचार/ब्लग हेडलाइन्स

नेपाल स्वास्थ्य,
पाठेघर महिलाहरुको प्रजनन सम्बन्धी एक महत्वपूर्ण अंग हो । यो पेटको तल्लो भागमा रहेको हुन्छ । यसको आकार नासपातिको जस्तो रहेको हुन्छ । नेपालमा महिलाहरुलाई हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर पहिलो स्थानमा पर्दछ । पाठेघरको मुखको क्यान्सर हुने प्रमुख कारण ‘ह्युमन प्यापिलोमा भाइरस’ को संक्रमण हो । यसको संक्रमण मुख्यतया यौन सम्पर्कबाट हुने गर्दछ ।

पाठेघरको मुखको क्यान्सरका जोखिमहरुः
– धेरै जनासँग असुरक्षित यौनसम्पर्क गर्नु,
– कम उमेरमा बिहे वा सानैदेखि यौनसम्पर्क हुनु,
– कम उमेरमा बच्चा जन्माउनु,
– धेरै बच्चा जन्माउनु,
– पटक पटक गर्भपतन गराउनु,
– धुम्रपान गर्नु,
– कुपोषण भएका महिलाहरुमा,
– एचआइभि संक्रमित महिलाहरुमा ।

पाठेघरको मुखको क्यान्सरका मुख्य लक्षणहरुः
– यौन सम्पर्क गर्दा रगत देखिनु,
– योनिबाट अनियन्त्रित रगत बग्नु,
– सेतो गन्हाउने पानी आउनु,
– तल्लो पेट दुखिरहनु,
– दिसापिसाब गर्दा अप्ठ्यारो हुनु,
– ढाड दुख्नु, बढि थकाई लाग्नु,
– तौल घट्दै जानु ।

रोकथाम तथा उपचारः
– ३० वर्ष माथिका सबै महिलाहरुले नियमित पाठेघरको मुखको परीक्षण गराउनु पर्दछ ।
– सरकारी स्वास्थ्य संस्थामा भि.आइ.ए. प्रविधिबाट पाठेघरको मुखको परीक्षण निशुल्क रुपमा उपलब्ध छ ।
– एच.पि.भि. विरुद्धको खोप लगाएर पाठेघरको मुखको क्यान्सरबाट बच्न सकिन्छ ।
–एनएचइआइसिसिको सहयोगमा ।

प्रकाशित मितिः २०७९ माघ १३ गते, राती ११ः५३ बजे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *