नेपाल स्वास्थ्य, सरकारले किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप लगाउन आग्रह गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत माघ २५ देखि यही फागुन १५ गतेसम्म देशभरिका कक्षा ६ मा पढ्ने र विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका किशोरीलाई खोप लगाउने अभियान शुरू गरेको छ । अभियानअन्तर्गत सरकारले तीन लाख ५० हजार बालबालिकालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप लगाउने छ ।
प्रकाशित मिति: २०८२ फागुन ४ गते, दिउँसो १२:११ बजे

