मतदानको दिन यस्तो रहनेछ मौसम

गृहपृष्ठ स्वास्थ्य समाचार हेडलाइन्स

नेपाल स्वास्थ्य
देशभर प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुने दिन आगामी मंसिर ४ गते धेरैजसो ठाउँको मौसम सफा हुने भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । चुनावका लागि महाशाखाले प्रारम्भिक मौसम पूर्वानुमान विवरण सार्वजनिक गर्दै सो दिन धेरैजसो ठाउँको मौसम सफा रहने जनाएको हो ।

प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
हेरौं पूरा विवरण:

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को लागि प्रारम्भिक मौसम पूर्वानुमान

(जारी मितिः २०७९/०७/३० दिउँसो १२:०० बजे)

हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हालको मौसमी विश्लेषण अनुसार, प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि २०७९ मंसिर ०२ गते शुक्रबार देखि मंसिर ०४ गते आईतबार सम्मको मौसम पूर्वानुमान यस प्रकार रहेको छ :

२०७९ मंसिर ०२ (शुक्रबार): प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने सम्भावना छ । प्रदेश नं १, बागमती तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।

२०७९ मंसिर ०३ (शनिबार): प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने सम्भावना छ । प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दूई स्थानमा हल्का हिमपातको संभावना रहेको छ। 

२०७९ मंसिर ०४ (आईतबार): प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाले माथि उल्लेखित प्रणालीलाई निरन्तर अनुगमन गरिरहेको छ र आवश्यकता अनुसार थप बुलेटिन जारी गर्नेछ। 

यस महाशाखाबाट दैनिक जारी हुने तीन दिने मौसम पूर्वानुमान बुलेटिनमा समेत सोही अनुसार नियमित रूपमा अद्यावधिक गरिनेछ । तसर्थ सम्पूर्णलाई अद्यावधिक मौसमी सूचनाको जानकारी लिन हुन समेत अनुरोध छ। मौसम सम्बन्धि थप जानकारीका लागि सम्पर्क राख्नुहोला ।

मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभाग, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल (TIA), गौचर, काठमाडौ फोनः ०१-४४८६८६९, ०१-४११३१९१, नोटिस बोर्डः १६१८-०७०७-३३३३

प्रकाशित मितिः २०७९ मंसिर १ गते, बिहान ७ः१५ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *