गुल्मीको वीरबासमा सुविधा सम्पन्न डाईग्नोष्टिक सेन्टरको उद्घाटन

स्वास्थ्य समाचार


अनु केसी, नेपाल स्वास्थ्य डटकम

गुल्मीको वीरबासमा सुविधा सम्पन्न वीरबास हेल्थ क्लिनिक एण्ड डाईग्नोष्टिक सेन्टरको स्थापना गरिएको छ । गुल्मीदरबार गाउँपालिकाका प्रमुख सरोज कुमार थापाले आज एक कार्यक्रमका बीच उक्त सेन्टरको उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै थापाले गाउँमा स्थापना भएको यस सेन्टरले बिरामीलाई टाढा पुग्नुपर्ने बाध्यताको अन्त्य गर्दे गाउँलेले सहज र सुविधा सम्पन्न उपचार पाउने कुरामा आफू आशाबादी भएको बताए ।

कार्यक्रममा डाईग्नोष्टिक सेन्टरका व्यवस्थापक केपी भण्डारीले सेवाको गुणस्तरीयतासँगै गुल्मी दरबार गाउँपालिका ४ वीरवासमा अवस्थित ग्रिनर्बड इंग्लिस बोडिगं स्कूल र रुन्खादह माध्यमिक विद्यालयको परिचयपत्र लिएर उपचार गर्न आउने सम्पूर्ण कर्मचारी तथा विद्यार्थीहरुलाई औषधीमा ५ प्रतिशत छुट र अन्य सेवा सुविधामा १० प्रतिशत छुट दिने व्यवस्था गरिएको बताए ।


कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पतालका जनरल फिजिसियन डा. शम्भु खनालले बिरामीले आफ्नो स्वास्थ्यमा खेलबाड नगरी समय समयमा जाँच गराउनु आवश्यक रहेको बताएका थिए ।

उद्घाटन कार्यक्रमको अवसर पारेर विभिन्न विशेषज्ञ चिकित्सकहरुले बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए ।
उक्त डाईग्नोष्टिक सेन्टरमा २४ सै घण्टा चिकित्सकसँगै एक्सरे, उपकरणयुक्त ल्याब, भिडियो एक्सरे लगायतको सुविधा रहेको छ ।


प्रकाशित मितिः २०७९ असोज १० गते, साँझ ७ः२५ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *