नेपाल स्वास्थ्य डटकम,
धेरैजसो मानिस ग्याष्ट्रिकको समस्याले पीडित भएका हुन्छन् । अस्वस्थ्य जीवनशैलिका कारण यसबाट ग्रसित हुनेको संख्या दिनानुदिन बढिरहेको देखिन्छ । सामान्यतया ग्याष्ट्रिक हुदाँ हामिहरुलाई पेट डम्म हुने, वान्ता हुन खोज्ने, पेटको माथिल्लो भागमा दुखाई हुने समेत हुन्छ । अस्वस्थ्यकर खानपिनले शरिरमा एसिडको मात्रा बढाइदिने हुदाँ यो समस्या देखा पर्ने हुन्छ । ग्याष्ट्रिकको समस्या बढ्दै जाँदा अल्सर हुँदै क्यान्सरसम्म हुने जोखिम हुन्छ । त्यसैले यसमा विशेष ध्यान पृर्याउनु आवश्यक देखिन्छ ।

ग्याष्ट्रिकको समस्याबाट बच्न के गर्ने?
–स्वस्थ्य जीवनशैलि अपनाउने,
–पर्याप्त मात्रामा पानी पिउने,
— खानपिनमा विशेष ध्यान दिने, जस्तैः जंकफुड सकभर नखाने, मसलेदार खानामा कम गर्ने, कोल्डड्रिङ्स सकभर नपिउने,
–धुम्रपान तथा लागूपदार्थको सेवन नगर्ने,
— शारीरिक व्यायाम नियमित रुपमा गर्ने,
— समस्या बढ्दै गएमा चिकित्सकको परामर्श लिई उपचार अगाडी बढाउने ।
प्रकाशित मितिः २०७९ भाद्र ३०

