हैजा संक्रमितको संख्या बढ्दैं, ख्याल गर्न चिकित्सकको आग्रह

स्वास्थ्य समाचार हेडलाइन्स

नेपाल स्वास्थ्य, काठमाण्डौं

काठमाडौँमा हैजा संक्रमितको संख्या १२ पुगेको छ । असार १२ गतेसम्म १२ जनामा हैजाको संक्रमण देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जानकारी दिएको छ । असार २ गते संक्रमण फेला परेसँगै संक्रमितको दर बढ्दै गएको छ । यो संक्रमण भिब्रियो कोलेरा नामक ब्याक्टेरियाका कारणबाट हुने गर्दछ ।


सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले यसबाट बच्न पानी उमालेर पिउने, सकेसम्म बाहिरको खानेकुरा नखाने, फलफुल, तरकारी तथा खानेकुरा पखालेर मात्र खानुपर्ने उहाँको सुझाव रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *