अनु केसी, नेपाल स्वास्थ्य
नेपालमा असार १५ को दिन दही चिउरा खाने परम्परा चल्दै आइहेको छ । आज हामीले यसरी असार १५ को दिन खाइने दही चिउराको फाइदा सम्बन्धमा केही तथ्यहरुलाई केलाउँदैं छौं ।

दहीमा धेरै मात्रामा क्याल्सियमको साथै सोडियम, म्याग्नेसियम तथा विभिन्न प्रकारका भिटामिन पाइन्छ । खासगरी दहीका फाइदाहरु पाचन प्रक्रियामा यसले धेरै टेवा दिन्छ । त्यस्तै शरीरमा प्रतिरोधी क्षमताको समेत विकास गराउन सहयोग पुग्दछ । दहीमा क्याल्सियम पनि पाइने भएकाले यसले दाँत तथा हड्डी बलियो बनाउन सघाउँन्छ । शरीरको तौल घटाउनुको अलवा मुटु स्वस्थ राख्ने, चायाँ हटाउने काममा समेत यसको उपयोगिता रहेको छ ।
त्यस्तै चिउराका पनि आफ्नै फाइदाहरु रहेका छन् । चिउरामा कार्बोहाइड्रेटको मात्रा बढी हुनाले यसबाट शरीरमा शक्ति प्राप्त हुन्छ । यो सजिलै पच्ने हुन्छ । यसमा आइरनको मात्रा पनि हुनाले यसले शरीरलाई फाइदा पुर्याउँदछ । यसमा पभटामिन ए र सी समेत पाइन्छ त्यसैले पनि चिउरा स्वास्थ्यको लागि फाइदाजनक मान्न सकिन्छ ।

